मंगलबार, बैशाख ०९, २०७७ || 703  पटक पढिएको
अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जनालाई पक्राउ गरिएको छ । ईटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक स्थानीय ३० बर्षीय अतित गुरागाँईले सम्बन्धीत कुनै पनी निकायबाट अनुमती नलिई सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरी ईटहरी-६ का ४५ बर्षीय अमर जित गोस्वामीको कस्मेटीक पसल जे.बी. ईन्टप्राईजेजमा भण्डारण गरी राखेको अवस्थामा मापदण्ड बिपरीत उत्पादन गरिएको ठुलो मात्राको सेनिटाईजर सहित दुवै जनालाई पक्राउ गरिएको हो । उक्त स्थानबाट प्रहरीले, आफु खुसी  स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ७० तथा ३०ML का  १७७० वटा प्लाष्टिकका  बोतलहरु  बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरीएको छ । पक्राउ परेका सेनिटाईजर उत्पादक र बिक्री वितरण गर्ने  दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!