सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा सो कुरा जानकारी दिएको हो ।आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आए पनि एक जनाको भने पिसिआरमा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।अर्का व्यतिmको भने रिपोर्ट खाली आएको उनले बताए । आरडीटी किट बाट एकै दिनमा ५९८ जनाको चेकजाँच गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
अहिले ९ वटै जिल्लामा आरडीटी चेकजाँच भइरहेको र अहिलेसम्म ६१७७ जनाको चेकजाँच गर्दा ६१७५ जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले रातोपाटी लाई जानकारी दिए ।अझै १०५९८ आरडिटी किट स्टक रहेको उनले वताए ।त्यसैगरी क्वारेन्टाईनमा १४९० मध्य १३३३ जना पुरुष र १५७ जना महिला रहेको उनले बताए ।आइसोलेसन वार्डमा ६ जनाको उपचार भइरहेको र ९८ जना भने सामान्य उपचारपछि घर फर्किसकेको उनले वताए ।धनगढीमा स्थापना गरिएको पिसिआर मेसिनबाट अहिलेसम्म २७२ वटा जाँच भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।५ जना पोजेटिभ मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।