
देश संगै विश्वमा फैलिएको कोरोना भाईरसका कारण यतिबेला सम्पुर्ण जनताहरु घरभित्र थुनिन बाध्य भएका छन् । हजारौको संख्यामा मृत्युु भैसकेपनी अहिलेको अवस्था सम्म नेपालमा भने मृत्यु भैसकेको अवस्था छैन तर संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ । यता देश भित्रका सम्पुर्ण कलकारखाना, व्यापार ब्यवसाय तथा उधोगहरु पुरै ठप्प छ ।


यस्तै चपेटामा परेको छ नेपाली सिने उधोग पनि । छायांकन हुँदै गरेका फिल्म रोकिएका छन भने प्रदर्सन मिति तय भएका सबै फिल्महरुले आफ्नो मितिलाई पोस्ट पोन्ड गरेका छन । यता कलाकारहरु पनि खाली हात छन् । तर यस्तो अवस्थामा सम्पुर्ण कलाकारहरू हात बाधेर भने बसेका छैनन् । धेरैले सामाजिक संजालबाट जनचेतना फैल्याएका छन भने केहीले आर्थिक तथा खद्दन्न सहयोग गरेका छन् ।
यस्तै सहयोगीको लिष्टमा नाम लेखिएकी छ नायिका आचल शर्मा तथा उनका श्रीमान उदिप श्रेष्ठको । यी दम्पतीले मिडियामा सहयोग राशिको प्रतिष्पर्धा नगरी सुटुक्कै सहयोग बितरण गरेका छन् । नव बिवाहित दम्पती दुवैजना निस्केर सो खाद्यन्न आफ्नै हातबाट बितरण गरेका हुन् । लकडाउनका कारण सबैको दैनिकिमा असर त परेकै छ यता खान लाई पनि समस्या हुन थाले पछि उनिहरुले काठमाडौ स्थित क्षेत्रपाटिमा रहेका १०० बिपन्नलाई राहत बितरण गरेका हुन् ।
तामझाम सहित बिवाह गरे पछि आचलले लगाएको लेहेङा तथा सुनका कारण चर्को बिवाद, आलोचना संगै ट्रोलको सिकार हुनु परेको थियो । उता पल शाह संगको सम्बन्धका कारण पनि मुलधारको मिडियामा क्लिक भईन । सो बिवाह पश्चात् अन्य फजुल खर्छ नगरी बसेका यी दम्पतीले बिपन्नलाई यसरी सहयोग गरेर धर्मको काम गरेका छन् । यस्तै सिने जगतका अन्य कलाकारहरुले पनि आर्थिक सहयोग तथा खाद्यन्न बितरण गरेका छन् । केहिले सरकारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे भने केहिले आफ्नै क्षेत्रमा खटिने प्राबिधिकहरुलाई सहयोग गरिरहेका छन् ।
