नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याउनुभएको छ । उहाँले आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने बताउनुभएको छ । कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि सभापति देउवाले अपील गर्नुभएको छ । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपिल गर्दै उहाँले सबैको साथ र सबैको विश्वासले नै आजको सङ्कटबाट पार पाउन सकिने यथार्थ स्मरण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!