सोमबार, बैशाख ०८, २०७७ || 1241  पटक पढिएको

विराटनगरका गायक प्रवलदीप विश्वासले कोरोना संक्रमणले समाजमा पारेको असरको बारेमा चित्रण गर्दै ‘सुखद समाचार सुन्न पाउँ’ गीत युट्युवमार्फत सार्वजनिक गरेका छन् ।

नयाँ वर्षसमेत कोरोना संक्रमणको नियन्त्रणका लागि लकडाउनमा घरमा बसेको र विदेशीमा रहेका नेपालीले आफ्नै देशमा फर्किने अपेक्षा गर्दै राष्ट्रिय भावनामा ओतप्रोत भएर गीत गाइएको छ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित संगीतकार भूपेन्द्र रायमाझीको रचना तथा संगीत, प्रवलदीप विश्वासको स्वरको यस गीतको सांगीतिक भिडियोमा कोरोनाले ल्याएको दर्दनाक स्थिति ‘सुखद समाचार सुन्न पाउँ’ मा प्रस्तुत गरिएको छ ।

स्पार्क इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको म्युजिक भिडियो ४ मिनेट लामो छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!