सोमबार, बैशाख ०८, २०७७ || 917  पटक पढिएको

१ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । तेह्रथुम, पाँचथर र झापा जिल्लामा आज दिउँसो ३ जना मृत अवस्थामा फेला परेका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका-२ दारे गौडा नजिकै संखुवासभा घर बताउने अन्दाजी ४२ बर्षीय पासाङ शेर्पा मृत अवस्थामा फेला परेका हुन् । बिगत २० बर्ष देखी चिल्ड्रेन पार्कको टहरामा बसी लेबर काम गर्दै आएका उनी आज दिउँसो पौने ३ बजे मृत
अवस्थामा पेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ का ४४ बर्षीय वली बहादुर आङदेम्बे सावाखोलामा डुबेको अवस्थामा मृत फेला परेका छन् । बैशाख ६ गते घरबाट आफुखूशी निस्किएका आङदेम्बे आज दिउँसो पौने ४ बजे खोलाको दहमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै झापाको मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय चित्र बहादुर गौली पनी बाँसघारीमा मृत फेला परेका छन् । आज दिउँसो साँढे ३ बजेको समयमा गौली उक्त स्थानमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!