दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका ३०८ बिरामीलाई गाउँपालिकाले आफैँ औषधि खरीद गरेर उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउने भएको हो । रक्तचाप, मधुमेह, युरिक एसिड, मुटु रोग, ग्यास्ट्रिक, अल्सर, पिसाब पोल्नेलगायत समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई गाउँपालिकाका तर्फबाट औषधि ल्याएर निःशुल्क प्रदान गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “लामो समयको ‘लकडाउन’का कारण अधिकांश बिरामीको औषधि सकिन लागेकाले १५÷१५ दिन पुग्ने औषधि निःशुल्क ल्याइदिन लागिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकामार्फत सिफारिस भएर आएका बिरामी तथा औषधिको नाम र मात्राका आधारमा आज नै औषधि खरीद गर्नका लागि कर्मचारीलाई पठाइएको छ ।