सोमबार, बैशाख ०८, २०७७ || 568  पटक पढिएको

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इञ्जिनीयर्स एशोसिएशन गण्डकीले उक्त टनेल निर्माण गरेको हो । उक्त टनेलले पाँच सेकेण्डमा पूरा शरीर निःसङ्क्रमण गरिसक्ने छ । स्वचालित सेनिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार खर्च भएको छ । टनेलको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आज शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई हस्तान्तरण गर्दै इञ्जिनीयरहरुले कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिएर जोखिम न्यूनीकरणको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठाका उपकुलपति डा थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताउनुभयो । एशोसिएशन गण्डकीका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले टनेलले पूरा शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरस मार्ने बताउनुभयो । इञ्जिनीयरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एशोसिएशनका सचिव सुरेश तिमिल्सेनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!