सोमबार, बैशाख ०८, २०७७ || 1011  पटक पढिएको

विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब रु दुई करोड म्ूल्य बराबरको क्षति पु¥याएको छ । हावाहुरी र असिनाले कृषि बालीतर्फ गहुँ र मकैमा ठूलो क्षति पु¥याएको कृषि ज्ञान केन्द्र हेटौँडाले जनाएको छ । केन्द्रका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिकरुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौँउला तथा बोरीलगायत तरकारीमा क्षति पु¥याएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । तरकारी बालीमा भएका क्षतिले यसको मूल्यमा समेत वृद्धि हुने किसानको भनाइ छ । त्यस्तै हावाहुरीले मनोहरी गाउँपालिकाको दुई सय ५० घरमा क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । हावाहुरीले विशेषगरी विपन्न परिवारका घरको टिनको छाना उडाएको छ । गाउँपालिका अध्यक्ष एकराज उपे्रतीका अनुसार गाउँपालिकाको वडा नं ५ को बस्तीमा बढी क्षति भएको र त्यहाँ रहेको टिनको छाना उडाएको जनकारी दिनुभयो । यसैबीच जिल्ला प्रहरी कार्यालयले मकवानपुरले पनि क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!