सोमबार, बैशाख ०८, २०७७ || 1112  पटक पढिएको

लकडाउनका कारण खाद्यान्न संकटमा परेका अति विपन्न तथा गरिव घरपरिवारलाई मोरङका स्थानीय तहहरुले पहिलो चरणको राहत वितरण गरेका छन् ।मोरङमा १७ स्थानीय तहले ८५ हजार एक सय सात २ घरधुरीलाई राहत वितरण गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाको १७ स्थानीय तहले अति विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

सबै स्थानीय तहले गरी २९ लाख ७३ हजार ४ सय दुई किलो चामल, १ लाख ७६ हजार ६ सय ३४ किलो दाल वितरण गरेको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै ५८ हजार ३ सय ३८ किलो आलु, ८५ हजार दुई सय ३७ किलो नुन, ४९ हजार ७ सय ८५ लिटर खाने तेल वितरण गरिएको छ ।

स्थानीय तहले परिवार संख्या हेरी २५ केजी र साढे १२ केजीका दरले चामल वितरण गरेका छन् । प्रदेश सरकारले राहत वितरणका लागि १ सय ३७ स्थानीय तहलाई साढै ९ करोड रुपैया निकासा गरेको थियो ।

प्रदेश सरकारले राहत वितरणका लागि महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकाहरुलाई १५ लाख, नगरपालिकाहरुलाई १० लाख र गाउँपालिकालाई ५ लाख रुपैयाँका दरले बजेट विनियोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!