कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ ।बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १० दिनअघि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो । उनी विगत १८ वर्षदेखि साउथ इष्ट लण्डनमा बस्दै आएका थिए ।पोखरास्थित बगाले टोल घर भएका श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरी रहेका छन् ।मृतक श्रेष्ठ मधुमेहका सामान्य विरामी रहेको बताइएको छ । उनका पिता चित्र श्रेष्ठ र आमा यतिबेला बेलायत भ्रमणका क्रममा बेलायतमै बस्दै आएका छन् ।अहिलेसम्म बेलायतमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरुमा झन्डै एक दर्जन जति पूर्व गोर्खाहरु रहेका छन् ।गैरआवासीय नेपाली संघको कोभीड १९ उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार यस अघि नै संसारभरिमा २९ जना नेपालीहरुको निफ्धन भएको जानकारी दिएको छ ।मृत्यु हुनेमा आधाभन्दा बढी संख्या बेलायतकै रहेको छ । बेलायतमा आइतबार दिउँसोको तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६० पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!