सोमबार, बैशाख ०८, २०७७ || 720  पटक पढिएको

नेपाली काँग्रेस कास्कीले न्यूनतम एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ । पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा आइतबार जारी एक विज्ञप्तिमा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको भन्दै त्यसलाई तत्काल सुधार गरी न्यूनतम एक महिनाको राहत प्याकेज ल्याउन माग गरिएको हो । राजनीतिक दल, सामाजिक सङ्घ संस्थाको सहभागितामा राहत वितरण गर्नुपर्ने भन्दै काँग्रेसले सामाजिक सङ्घ संस्थासहितको सर्वदलीय संयन्त्रमार्फत राहत वितरण गर्न माग गरेको छ । तथ्याङ्क सङ्कलन गरी राहत व्यवस्थित र पारदर्शी गर्नुपर्ने माग गर्दै काँग्रेसले राष्ट्रिय सङ्कटमा रहेका बेला सम्पूर्ण शक्ति र स्रोत कोरोनाविरुद्ध लगाउनुपर्ने समयमा भूमि समस्या समाधान आयोगमा नियुक्त गरिएकोप्रति पनि आपत्ति जनाएको छ । स्वास्थ्यकर्मीलाई अनावश्यक दुःख दिने र मनोबल घटाउने काम तत्काल बन्द गर्न पनि पार्टीले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!