सोमबार, बैशाख ०८, २०७७ || 719  पटक पढिएको

कोरोना भाइरसको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा रहने गरी आइतबार ‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना गरिएको छ ।

स्थापना गरिएको उक्त केन्द्रबाट सरोकारवालासँगै सर्वसाधारण सबैले आपत्कालीन सेवा, सूचना जानकारी लिनसक्ने मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेवा केन्द्र सबै ठाउँको तत्काल समन्वय गर्ने गरी सूचना, अप्ठ्यारा तथा गुनासा एकद्वार प्रणालीमार्फत रिपोर्ट गर्ने एउटा संयन्त्र हो ।”

कोरोना भाइरससँग सम्बन्धित प्रतिकार्य, उद्धार, समन्वय, उपचार तथा अन्य विषयमा कुनै सूचना, सुझाव, समस्या, गुनासो वा जानकारी भएमा निःशुल्क हटलाइन नं ११४८ मा सम्पर्क गर्न वा इमेल [email protected] मार्फत पत्राचार गर्नुहुन सरोकारवाला निकाय तथा सर्वसाधारण सबैमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!