सोमबार, बैशाख ०८, २०७७ || 599  पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म विस्तृत परीक्षण अर्थात् पीसीआरमार्फत आठ हजार ८१ र दु्रत आरडीटीबाट २१ हजार ४८६ जनाको परीक्षण भएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिएका छन् । उनले हाल देशभर १०३ जना कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा रहेको स्पष्ट पारेका छन् । तीमध्ये काठमाडौंँमा पाँच र काठमाडौँ बाहिर ९८ जना रहेका छन् ।

प्रवक्ता देवकोटाले दिनहुँ परीक्षणको दायरा बढिरहेको स्पष्ट गर्दै परीक्षणमा सङ्क्रमण नदेखिएकाहरूलाई क्वारेन्टाइनबाट घर पठाइएको जानकारी दिएका छन् । देशभर पाँच हजार १८० जना क्वारेन्टाइनमा बसिरहेको जानकारी उनले दिएका छन् । कोरोनाबाट नआत्तिन आग्रह गर्दै उहाँले आत्मबलले कोरोनालाई जित्ने प्रमाणित भइसकेको बताएका छन् । हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ रहेकोमा २८ जना उपचाररत छन् । कोरोना भाइरस रोगको सङ्क्रमण भएपछि सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवक पनि निको भएर आइतबारै घर फर्किएको बताएका छन् ।
सहयोगका लागि डा. पुन
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका सम्बन्धमा तथ्य नबुझी समाचार आएको भन्दै तथ्य स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई कोभिड–१९ विरुद्ध सरकारद्वारा सञ्चालित अभियानमा सहयोग पु¥याउने सम्बन्धमा मन्त्रालयमा उपस्थित हुन भनिएको स्पष्ट पार्नुभयो । डा. पुनले आफू मन्त्रालयमा हाजिर भएको स्पष्ट पारेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफू आइतबार नै मन्त्रालयमा हाजिर भएको र यसलाई सामान्य तथा नियमित प्रक्रिया भएको बताएका छन् । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!