आइतबार, बैशाख ०७, २०७७ || 637  पटक पढिएको

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी(लकडाउन) जारी रहँदा गरीब, विपन्न परिवार मात्र होइन सीपलाई पेशा बनाउने व्यवसायि पनि समस्यामा पर्न थालेका छन् । लकडाउनको आज २६ औँदिन पुगेको छ । सीपलाई पेशा बनाइ घर भाडामा लिइ व्यावसाय सञ्चालन गर्नेहरु दैनिक आय गर्नबाट वञ्चित हुनुपर्दा परिवार पाल्न र घर धनीलाई भाडा बुझाउनु पर्ने कारणले उनीहरु समस्यामा परेका हुन् । विराटनगर महानगरपालिकामा भित्र २०० भन्दा वढी कपाल दाह्री काट्ने सैलुन रहेका बताइको छ । अधिकांश लकडाउनका कारण बन्द छन् । सैलुन सञ्चालकहरु ‘घर भाडा कसरी तिर्ने’ भन्ने चिन्तामा छट्पटिन थालेका यहाँस्थित जनपथका मेकप हेयर ड्रेसर सैलुनका सञ्चालक शिवशङ्कर ठाकुरले जानकारी दिनुभयो । उहाँले सामान्य अवस्थामा दैनिक आर्जन गरेको रकमबाट घर भाडा बुझाएर आफ्नो परिवारको दैनिक गुजरा चलिरहेको र अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो । स्टार सैलुनका सञ्चालक राजेश ठाकुरले आफूले मासिक रुपमा रु.१० हजार घरभाडा लिएर सैलुन सञ्चालन गर्दै हुँदा बन्दाबन्दीको समयमा घर भाडा नलिइदिन घरधनिसंँग आग्रह गर्नुभयो । यहाँका सैलुनसञ्चालकहरुले रु.५ हजारदेखि रु.२५ हजार सम्म घर भाडा तिर्ने गरेका बताइएको छ । उनीहरुले कपाल काटेको रु.८०, दाह्री काटेको रु.५०, मालिस गराएको रु.१५०, अन्य फेस मसाज, कपाल कलर र फेसियल गरे बापत ग्राहक हेरी हेरी रकम लिने गरेको बताउँछन । पुरुष सैलुन मात्र नभएर महिलाहरुको लागि पनि सञ्चालन गरिएको ब्युटिपार्लर पनि बन्द छन् । ब्युटिपार्लरमा प्रायः महिला एवं युवतीहरु जाने उनीहरु आफ्ना सौन्दर्यतामा हजारौँ खर्च गरिरहेको कम ठप्प हुनुले ब्युटिपार्लर सञ्चालिकाहरु पनि चिन्तामा रहेका छन् । ती व्यावसायीहरु खास गरी घर भाडा तिर्न समस्या रहेको र लकडाउन अवधिभरको घर धनीले बहाल नलिन आग्रह गरेका छन् । कपाल र दाह्री सैलुनमा काट्नेबानी लागेका मानिसहरुले पनि अहिले दाह्री त घरमै काटेको पाइन्छ । ‘कुन सैलुन खुल्ला छन्’ खोज्दै हिड्ने गरेको स्थानीय टीका कार्कीले बताउनुभयो । स्थानीय विजया दाहालले ब्युटिपार्लरमा जान नपाएर समस्यामा परेको , आफू कहिले लकडाउन खुल्छन र ब्यटिपार्लर जान्छु पर्खेर बसेको बताउनुहुन्छ । मेकअप हेयर ड्रेसर सैलुनमा कपाल र दाह्री कटाउन पुग्नु भएका शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक(जज) एवं कलाकार पुष्प श्रेष्ठले लामो कपाल देखाउँदै भन्नुभयो, “लकडाउन छ । सामाजिक दूरी कायम गर्न सरकारले भनेको छ । के गर्नु कपाल पनि नकाटि भएको छैन ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!