आइतबार, बैशाख ०७, २०७७ || 635  पटक पढिएको

गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उनीहरुको सम्पर्कमा आएका दुई सवारी चालकको भरतपुरमा र अन्यको राप्तीमै सो जाँच गरिएको हो । उनीहरु सबैलाई राप्ती नगरपालिका–८ स्थित ब्रह्मनगर माविको क्वारेन्टाइनमा राखिएको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । सङ्क्रमित भएका व्यक्तिमा पनि कुनै प्रकारको लक्षण नदेखिरहेको अवस्थामा नजिकैका आफन्तको पनि थप परीक्षण गर्नुपर्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको उहाँको भनाइ छ । उनीहरुसँगै स्थानीय गाउँले र भेटघाट भएका सबै व्यक्तिलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी नगरपालिकाले गरेको छ । यसैबीच सङ्क्रमित देखिएका राप्ती नगरपालिकाको वडा नं ८ मा अन्य स्थानका बासिन्दालाई प्रवेशमा निषेध गरिएको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइसँगै उनीहरु चैत ५ गते चितवन आएकाले उनीहरुको सम्पर्कमा आएका सबैको पहिचान गर्न कठिन भएको छ । उनीहरु चढेर आएको माइक्रोबसको ट्राफिक प्रहरीले खोजी गरिरहेको छ । सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसनमा छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण देखिएसँगै जिल्लामा लकडाउनलाई थप कडाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!