आइतबार, बैशाख ०७, २०७७ || 675  पटक पढिएको

नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनुभयो । यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो । “अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन”, महासचिव चन्दले भन्नुभयो, “पछि सङ्घको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।” पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । “कोरोना भाइरसका कारण सङ्घको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!