भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ । भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो ।

लक डाउनको आठौं दिनदेखि नै भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको आश्रमकी सुमित्रा चपागाईंले जानकारी दिइन् । सेवा घरमा रहेका ६३ जनालाई यसअघि पनि नियमित रुपमा सेवा गर्दै आएको मानव सेवा आश्रम अहिले सडकमा रहेका १ सय भन्दा बढीलाई सेवा गरिरहेको उनले बताइन् ।

आश्रमले २ वर्षदेखि अलपत्र नागरिकहरुलाई सेवा गर्दै आएको छ । जिल्लामा रहेका नागरिक अगुवाहरुको सहयोगमा लक डाउनका कारण अलपत्र परेका नागरिकहरुलाई आश्रमले बेलुकी खाना खुवाउँदै आएको छ । दिउँसो अन्य स्वयमसेवकहरुले पानी ड्राई फुड लगायतका सहयोग गर्ने भएकाले आश्रमले बेलुकीको खाना खुवाएर सहयोग गरिरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!