आइतबार, बैशाख ०७, २०७७ || 1900  पटक पढिएको

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरेपछि नेपाली सेलिब्रेटीहरुलाई मोटाउने चिन्ताले सताउन थालेको छ । खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् । तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ ।

घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् । अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा तीन केजी मोटाइसकेकी छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी चलचित्र ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले चलचित्रको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् ।

घरमा पाक्ने खानेकुराले आफू लकडाउनको तीन हप्तामा तीन केजी मोटाएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन् । उनले तौल बढिरहे पनि आफू घरभित्रै बसिरहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘लकडाउनको बेला घरमा बसी बसी मेटाउन चाहिँ सकिन्छ है । मात्र तीन केजी मोटाएकी छु । तर, घरमै छु है ।’ उनी लकडाउन खुलेपछि मोटाएको शरीर घटाउन नियमित जिम जाने सोचमा छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!