आइतबार, बैशाख ०७, २०७७ || 680  पटक पढिएको

गोदावरी नगरपालिकाका जनप्रतिनिधिले यहाँका धार्मिक क्षेत्र अवलोकन गरेका छन् । विश्वभरि महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले मुलुक आक्रान्त बनेको बेला यी धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका छन् कि भन्ने जानकारी हासिल गर्न गोदावरीका जनप्रतिनिधिले शनिबार अवलोकन गरेका हुन् । गोदावरीमा रहेका केही मन्दिर, मदरसा, चर्च र गुम्बा आदि अवलोकन गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यी विभिन्न किसिमका धार्मिक क्षेत्रमा कति मानिस छन् र यिनीहरुले सामाजिक दूरी कायम गरेर बसिरहेका छन् या छैनन् भन्ने बुभ्न हामी गएका हौँ ।” यी धार्मिक क्षेत्रमा कोही मानिस आई लुकेर बसेका नभेटिएको महर्जनले बताउनुभयो । अनुगमनमा वडा नं १ गोदामचौरमा रहेको मदरसा ९हरमाइन एकेडेमी एन्ड सोसाइटी०, वडा नं ३ मा रहेको ञिङमा जोग्छेन श्रीसिंह गुम्बा, चुम मिलेलाप्राङ बौद्ध शिक्षण तथा ध्यान केन्द्र, इसाएल चर्च, वडा नं १३ को सन्तानेश्वर र वडा नं ११ को प्रसिद्ध बज्रबाराही मन्दिरसमेत अवलोकन गरिएको थियो । अवलोकन टोलीले धार्मिक क्षेत्रका मानिसलाई बिना भिडभाड बस्न सुभmाव दिएको छ । अनुगमन टोलीमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडा नं १ का वडाध्यक्ष हरिहर कार्की, वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरे, महानगरीय प्रहरी प्रभाव बाडेगाउँका प्रहरी निरीक्षक अरुणकुमार भट्टराईलगायत केही पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!