अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघिसकेको छ । त्यहाँ मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।कतिपय नर्सिङ होम र वृद्धाश्रमहरुमा धेरै मानिसहरुको मृत्यु भएको भेटिएको छ । यसकारण तथ्यांक देखिएभन्दा बढी हुने अलजजिराले जनाएको छ । वृद्धहरु राख्ने घरमा धमाधम शव निकालिएको दृश्य अलजजिराले देखाएको छ ।

अमेरिकामा संक्रमित संख्या ७ लाख नाघिसकेको छ । संक्रमण बढिरहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन खुकुलो पार्न खोजेका छन् । उनको राज्यहरुलाई लकडाउनबाट मुक्त पार्ने अभिव्यक्तिको कतिपय राज्यका गभर्नरहरुले विरोध गरेका छन् । विशेषगरी न्युयोर्क र वासिङ्टनका गभर्नर ट्रम्पको आलोचक देखिएका छन् ।

ट्रम्पले कोरोना भाइरस उच्च बिन्दुमा पुगेको र अब महामारी घट्ने दाबी गरेका छन् । उनले अमेरिकामा अधिकतम ६२ हजार मानिसको मृत्यु हुने अनुमान गरेका छन् । यसअघि उनले २ लाख २० हजार मानिसको मृत्यु हुने अनुमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!