आइतबार, बैशाख ०७, २०७७ || 759  पटक पढिएको

कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउनका बेला घरमै बसेर शारीरिक सक्रियता कायम राख्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।लामो समय घरमा बसिरहँदा शरीरमा आलस्य र अरू स्वास्थ्य समस्या आउन सक्ने भएकाले शरीरलाई चलायमान गर्नुपर्ने हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेको सुझाव छ । उनले भने, “बाहिर जान सम्भव नभए पनि केही समय निकालेर शारीरिक कसरत गर्नुपर्छ ।”
टेलिभिजन हेर्ने, मोबाइल चलाउने, खाने, सुत्ने क्रम अवश्य पनि बन्दाबन्दीको समयमा बढी हुन्छ भन्दै डा. द्वारे थपे, “एक घण्टा भए पनि शारीरिक कसरतले विभिन्न हाडजोर्नी तथा नसासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ भने मधुमेह र उच्च रक्तचापका बिरामीलाई पनि फाइदा पुग्छ ।” धेरै सुत्ने तथा मोबाइल चलाउने बानीले कम्मर, हात तथा स्पाइनलको समस्या आउने भएका कारण शरीर चलायमान गर्नुपर्ने उनको सुझाव छ ।

चिकित्सकका अनुसार टेलिभिजन हेर्ने, मोबाइल, कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहँदा पनि हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घरवरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्यमा फाइदा पुग्छ । डा. द्वारे भने, “हरेक दिन शरीरलाई सक्रिय बनाउन एउटा तालिका बनाई घरमै व्यायामहरू गर्न सकिन्छ ।”
दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर त्यसलाई पालना गर्नुपर्ने कराँते खेलाडी अशोक श्रेष्ठको भनाइ छ । उनले बन्दाबन्दीको समय सदुपयोग गरी आफ्नो शरीर स्वस्थ बनाउन सकिने बताउँदै शरीरलाई जति चलायमान ग¥यो त्यति नै राम्रो हुन्छ भनेका छन् । उनी योग गर्नुका साथै मेडिटेसन, सूर्य नमस्कार गर्नसमेत सुझाव दिन्छन् ।

अहिले कोरोना प्रकोपका कारण श्वासप्रश्वास प्रणालीमा पनि ध्यान दिनुपर्ने भएकाले योग र कसरतले श्वासप्रश्वासलाई प्रभावकारी बनाउन सहयोग गर्ने श्रेष्ठको भनाइ छ । उनी उफ्रने, प्राणायाम, अनुलोम विलोमलगायतले शरीरलाई फाइदा पुग्ने बताएका छन् । अक्सफोर्ड जिम सेन्टरमा फिटनेस प्रशिक्षक नुमु श्रेष्ठले बताएका छन् । “बन्दाबन्दीमा पनि घरमै बसेर शारीरिक व्यायाम गर्न थालिएको छ, यो शरीरका लागि फाइदाजनक काम हो ।” जानकारहरूका अनुसार दौडिने, डोरी खेल्ने, घरको छत तथा साना ठाउँमा उफ्रने, तौल उठाउने, घिसार्ने, उठबस आदिले पनि कसरत पुग्नेछ । करेसाबारीमा काम तथा घरको सरसफाइले पनि शरीरलाई फाइदा पुग्छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!