मोरङको रतुवामाई नगरपालीकाललाई कोभिड–१९ को रोकथाम, उपचार र प्रतिरक्षाका लागि स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम विपद् कोषमा नेपाली काङ्रेस रतुवामाई नगरसमितिले १० वटै वडा समिति मार्फत नगद सङ्कलन गरि एकमुष्ट रुपमा रु १००१११ ( एक लाख एक सय एघार )जम्मा गरि आज नगर प्रमुख रविन राईलाई नगद भौचर समितिले बुझाएको छ ।
यस विपदको घडीमा घडिमा कुनै पनि पार्टी र जाती न भनी सबै एक जुट भएर यो बिपदको घडिमा अगाडि बढ्नुपर्ने नेपाली काग्रेस रतुवामाईका नगर संयोजक जीवन पनेरुले बताउनु भयो।
नेपाली काग्रेस रतुवामाईको सहयोग बुझ्दै रतुवामाई नगर प्रमुख रबिन राईले यो सहयोगको लागि नगर समितिलाइउ धन्यवाद समेत दिनु भयो। नगरपालिकाले क्रसम नगरका मजदुर, गरिबहरुलाई राहतको कार्यलाई द्रुत गतिमा अगाडि सारेको बताउनु भयो। हाम्रो नगरपालिकाको कुनै पनि नागरिकलाई भोक भोकै मर्न दिदैनौ।