
वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्था नारीविकास संघ, एडिएममोरङ र सेभद अर्थ सुनसरीसँगको सहकार्यमा कोरोना भाइरस (ऋइख्क्ष्म्(ज्ञढ) प्रतिकार्य योजना अन्तर्गत कोरोना भाइरस प्रभावित बालबालिका, महिला तथा अत्ति जोखिममा रहेका समुदायहरुलाई सहयोग गर्ने उद्देश्यले प्रदेश १ को मोरङ र सुनरीको जिल्ला प्रशासन कार्यालयमा क्वारेन्टाइन निर्माण तथा ब्यवस्थापनको लागि गैह्रखाद्यन्न समाग्रीहरु हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा तारपुलीन २० सेट, डोरी २०,झुल ३०,प्लास्टिक बस्केट ३०, ब्लङ्केट ५०, प्लास्टिक जर्किन ६०, प्लास्टिक म्याट १५,पीफम६,सबेल१० र सानोडोरी१० सेट मोरङमा र सुनसरी जिल्ला प्रशासन कार्यालयलाई तारपुलीन २० सेट, डोरी २०, झुल ३०, प्लास्टिक बस्केट ३०, ब्लङ्केट ४०, प्लास्टिक जर्किन ६०, प्लास्टिक म्याट १५, पीफम ६, सबेल ८ र सानोडोरी १० सेट हस्तारण गरियो । वल्र्ड भिजनले स्थानिय सञ्चारक्षेत्रसँगको समन्वयमा प्रदेश सरकारलाई कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा मद्दत गर्न जनचेतनामूलक सूचनाहरु पनि संम्प्रेषण गरिरहेको छ । साथै मोरङको कटहरी वडा ५ मा १०० घरधुरीलाई स्थानीय तहको समन्वयमा रहत वितरण गरिएको छ र अन्य पालिकामा पनि राहत सहयोगको योजना रहेकोछ ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालका पूर्व क्षेत्रिय व्यवस्थापक वियन अमात्यले कोरोना भाइरसको नियन्त्रण गर्न स्थानीय तथा प्रदेशसरकारको सहयोगी भूमिका वल्र्डभिजनले निर्वाह गर्ने बताउनु भयो । साथै वल्र्ड भिजनले स्थानीय तहसँग मिलेर रहतको कार्य पनि शुरु गरिसेको बताए । उहाले प्रदेश तथा स्थानिय सरकारलाई कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मद्दत गर्न प्रतिबद्ध रहेको र तत्कालका लागि हाम्रो कोभिड—१९ प्रतिकार्य योजना यस प्रदेश १ का वल्र्ड भिजनको कार्यक्षेत्रमा मात्र भएतापनि आवश्यक अनुरुप अन्य ठाउँ÷जिल्लाहरुमा सहयोग बिस्तार गर्न हामी प्रतिबद्ध ब्यक्त गर्नु भयो । जिल्ला प्रशासन कार्यालय मोरगका प्रमूख जिल्ला अधिकारी मदन भुजेलले वल्र्डभिजन जिल्लाको अन्तर्राष्ट्रिय संस्थाहरुको अनुवाइ -DLSA- District Lead Support Agency) को रुपमा विगत देखि नै कार्य गरिरहेको र विपद् ब्यवस्थापनको क्षेत्रमा पुर्याएको जानकारी दिनुभयो साथै प्रमूख जिल्ला अधिकारीले मानवीय राहत र स्वास्थ सामाग्री सहयोगको लागि अनुरोध गर्नु भयो ।
।
विगत १५ वर्षदेखि वल्र्ड भिजन इन्टरनेसनल नेपालले बालबालिकाका लागि मोरङ जिल्लामा शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण, जिविकोपार्जन, विपद्ब्यवस्थापन, बालमैत्री अभियानजस्ता क्षेत्रमा विभिन्न परियोजनाहरु मार्फत कार्यक्रम संचालन गरिरहेको छ भने सुनसरीमा सन् २०१९ मा बर्हिगमन पश्चात किताब परियोजना सञ्चालन भइरहेको