शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएका छन् ।भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४ जना प्रहरी घाइते भएका हुन् ।असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएको बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताएका छन् ।घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुँदैगएको निरिक्षक राईले जानकारी दिए ।बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् । बजेटको अभावमा लामो समयदेखि उक्त घरको मर्मत नहुँदा हावाहुरीले भत्किएको स्थानीय पत्रकार आदर्श उपाध्यायले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!