मस्जिदहरुमा भारतबाट आएका अरुपनि व्यक्तिहरु बसेको हुनसक्ने आशंका गर्दै सुनसरीको इटहरी आसपासका १४ वटा मस्जिद सिलबन्दी गरिएको छ ।
संघीय सरकारको सुझाव अनुसार मस्जिद सिलबन्दी गरेर त्यहाँका मानिसहरुलाई क्वारेन्टाइनमा लगेर राखिएको छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ जनामा कोरोना पुष्टि भएपछि अन्यत्रको मस्जिदमा पनि भारतीयहरु बसकेको हुनसक्ने भन्दै स्थानीयले अनुसन्धानका लागि प्रशासनलाई आग्रह गरिरहेका छन् ।
इटहरी उपमहानगरपालिकाले स्थानीय जनता बहुमुखि क्याम्पसमा बनाएको क्वारेन्टाइनमा मस्जिदमा बस्दै आएका व्यक्तिहरुलाई लगेर राखेको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभएको छ ।
यसैकीच मोरङका विभिन्न मस्जिदहरुमा पनि केही भारतीय धर्मप्रचारकहरु बस्दै आएको जानकारी स्थानीयले प्रशासनलाई गराएका छन् । स्थानीयले मस्जिदमा निगरानी बढाउन र त्यहाँ बस्नेको स्वास्थ्य परीक्षण गर्न दवाव दिन थालेका छन् । तर मोरङमा भने अहिलेसम्म मस्जिद सिलबन्दी गरेको जानकारी प्राप्त भएको छैन ।