लकडाउनसँगै राष्ट्रिय निकुञ्जमा मानिसको चहलपहल घटेको छ । यति नै बेला दक्षिण अफ्रिकामा सिंहको बथान सडकमा निस्किएको छ ।‘यो बथान प्राय निकुञ्ज आउने पर्यटकले देख्न नपाउनेगरी केम्पिआना कन्ट्राक्चुयल पार्कमा बस्थ्यो,’ क्रुगर राष्ट्रिय निकुञ्जले बुधबार ट्वीटरमा लेखेको छ,‘आजको मध्यान्ह उनीहरु अर्फेन रेस्ट क्याम्पबाहिर सडकमै सुतिरहेका थिए ।’सामान्य दिनमा यो क्षेत्रमा पर्यटकको भीड हुन्थ्यों, तर २५ मार्चयता देशभर भइरहेको लकडाउनका कारण क्रुगर बन्द गरिएको छ ।
Lions nap on road during lockdown at South Africa's Kruger National Park https://t.co/oO99LDhuax
— BBC News (World) (@BBCWorld) April 16, 2020
‘दिउँसै सडकमा पल्टनु अस्वभाविक छ किनकी सामान्य परिस्थितीमा यहाँ भीड जम्मा हुन्छ र उनीहरु घाँसमै गएर बस्छन्,’ पार्कका प्रवक्ता इसायक फाल्लाले सीएनएनसँग भने ।
फोटोमा फरक देखिएपनि लकडाउनले जनावरको व्यवहारमा धेरै फरक नपारेको फाल्लाले बताए । ‘अन्य समयमा पर्यटक आउने भएकाले उनीहरु यो ठाउँमा आउदैन थिएन, अहिले आएका छन् । फरक यति नै हो,’ उनले भने ।
यसअघि सुरुआतमा दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसाले २१ दिने लकडआउन घोषणा गरेका थिए, तर ८ अप्रिलमा फेरि अर्को घोषणा गर्दै यस महिनाभर लकडाउन जारी रहने बताए ।
पछिल्लो तथ्याङकअनुसार दक्षिण अफ्रिकामा २ हजार ७ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ भने ५० जना संक्रमितको ज्यान गइसकेको छ । कोरोनाका कारण विश्वभर २२ लाख ५० हजारभन्दा बढी मानिस संक्रमित छन्, १ लाख ५४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।