शनिबार, बैशाख ०६, २०७७ || 551  पटक पढिएको

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो ।

नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिए ।

दु्रत गतिमा काम अगाडि बढिरहेको कर्णाली करिडोरको तीन हप्ताअघि बन्दाबन्दीसँगै रोकिएको थियो । ‘‘नेपाली सेनाको विकास निर्माण दलले रोकिएको काम थाल्ने तयारी गरेको छ’’, कार्कीले भने । उनी कर्णाली करिडोरको खुलालु लैफु कवाडी हँुदै सलीसल्ला सडक निर्माण दलका आयोजना प्रमुख हुन् ।

त्यस सडक खण्डमा नेपाली सेना र कामदार गरी तीन सय बढीले काम गर्दै आएका थिए । सेनाले त्यस सडक खण्डको १२३ किलोमिटर निर्माणको जिम्मा पाएकोमा बन्दाबन्दी अघिसम्म ११५ दशमलव एक किलोमिटर सडकको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!