मंगलबार, पौष ०१, २०७६ || 1320  पटक पढिएको

हिपमत डटकम
विराटनगर,पौष १।

विराटनगर हाटखोलास्थित सुशीला कोईराला नाटक घर अर्थात आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित नाटक “छिंडीभरिको आकाश” मञ्चन भईरहेको छ ।

नाटकले दिनहुँ हजारौं दर्शकहरुको मन जितिरहेको छ । “छिंडीभरिको आकाश” बाट खास गरी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरु निकै नै प्रभावित भएका छन । विराट आर्दश साहित्यिक मञ्चको प्रस्तुति ३४ औं प्रस्तुति प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित नाटक “छिंडीभरिको आकाश” सन्देशमुलक नाटक साबित हुन गएको छ । विराटनगरको आरोहण गुरुकुलमा मञ्चन भईरहेको उक्त नाटक हेर्न मात्रै दिनहुँ विराटनगरका विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुको चाप बढदो छ । विराटनगरका विद्यार्थीहरुको संस्था विराट आदर्श साहित्यिक मञ्चको आयोजनामा मंसिर २८ गतेबाट सुरु भएको उक्त नाटकमा कुलतमा फसेको व्यक्तिको परिवारिक चित्रणका साथै आर्थिक विपन्नतामा परिवारको वेदनालाई देखाईएको छ । दुव्र्यसनका कारण एउटा सुखी परिवार कसरी भताभुङग हुन्छ भन्ने सन्देशमुलक चित्रण नाटकमा गरिएको छ । नाटकले आफ्नो गाउँ छोडेर सहरीकरण भएका व्यक्तिहरुलाई आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने तथा लागुपदार्थले समाज र परिवारमा नकारात्मक असर पार्ने बिषयको गहिरो चित्रण गरेको छ ।

यस नाटकले समाजलाई सकारात्मक दिशा तर्पm डोर्याउन र समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्ने नाटकको नाट्य रूपान्तरण र निर्देशन समेत गर्नुभएका विराट आर्दश मञ्चका अध्यक्ष कट्वाल दीपकले बताउनुभयो । उहाँले मोरङ हिसान र प्याब्सन विराटनगरसँगको सहकार्यमा मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म मञ्चन हुने भनिएको नाटक पनि बढदो मागको कारण अब पुस १२ गतेसम्म मञ्चन गरिने जानकारी दिनुभयो । अध्यक्ष कट्वालले पुस १२ गते सम्मका ती सबै शो हरु समेत बुकिङ भईसकेको उल्लेख गर्नुभयो ।

सोही प्रसङ्गमा बोल्दै विराट आदर्श साहित्यिक मञ्चका प्रमुख सल्लाहकार मीन कुमार नवोदित श्रेष्ठले यस नाटकमा श्रीमान नहुँदा खेरि एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणको व्याख्या गरिएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएको परिवारको ग्रामीण परिवेशलाई यस नाटकले मार्मिक ढङगले उन्ने काम गरेको जानकारी दिनुभएको छ ।

यता नाटक मञ्चन भएको ३ दिन नबित्दै २२ वटा भन्दा बढी शो हरु बुकिङ भईसकेका छन । नाटक हेर्न विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूले चासो देखाइरहेका छन । नाटक बाट शिक्षक र विद्यार्थीहरु समेत निकै नै प्रभावित भएका छन । होलिल्याण्ड सेकेण्डरी बोर्डिङ स्कुलका भाईस प्रिन्सिपल उज्जवल गौतमले पनि नाटकमा धुम्रपान, मद्यपानले घर परिवार बिगार्ने र यसबाट टाढाँ रहनुपर्ने सकारात्मक शिक्षा प्रवाह गरेको हुनाले सबैलाई एकपटक उक्त नाटक हेरिदिन आग्रह गर्नुभएको छ ।

विराट आर्दश साहित्यिक मञ्चले पछिल्लो समय थिएटर एक्टको क्षेत्रमा आफनो बेग्लै पहिचान बनाउन सफल भएको छ । यसले यो भन्दा पहिले “एक चिहान” र महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृतिमा आधारित नाटक “मुनामदन” समेत मञ्चन गरिसकेको छ । नाटकमा भने सन्देश बाराकोटी, अनुशा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गरेका छन् । त्यस्तै व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य रहेका भने नाटकको सह–निर्देशन रमेश तिम्सिनाले गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!