शुक्रबार, बैशाख ०५, २०७७ || 601  पटक पढिएको

कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो । विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ बैठक सम्पन्न भए । प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधीन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो । कोरोना भाइरस सिर्जित लकडाउन समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!