शुक्रबार, बैशाख ०५, २०७७ || 800  पटक पढिएको

लकडाउनका कारण अहिले अधिकांश मानिस घरभित्रै रहन बाध्य छन् । सधै एक्सनकटमा व्यस्त रहने कलाकारहरु समेत अहिले आफ्ना परिवारसँग समय बिताइरहेका छन् । यो समय कतिपय कलाकार खानेकुरा पकाउन सिकिरहेका छन् भने कति घरको खेतबारीमा रमाइरहेका छन् ।

यस्तैमा चकलेटी अभिनेता आर्यन सिग्देल पनि अहिले आफ्नो पुरानो घर चन्द्रागिरीमा छन् । श्रीमती र छोरा सहित उनी लकडाउन समय बिताउन बुबाआमा बस्दै आएका घर फर्किएका हुन् । उक्त घरमा उनले अहिले खेतबारीमा समेत काम गर्ने गरेका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्बिरमा उनी हातमा कुटा लिएर खेतबारीमा काम गर्दै गरेको देख्न सकिन्छ ।

आर्यनको गत वर्ष ‘हजार जुनीसम्म’ र ‘चच हुईं’ फिल्म प्रदर्शनमा आएको थियो । तर दुबै फिल्मले आर्यनको फ्लप फिल्मको सूचिमा संख्या मात्र थप्ने काम गर्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!