शुक्रबार, बैशाख ०५, २०७७ || 732  पटक पढिएको

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं १ भेटास्थित मुक्तहलिया बस्तीमा सरकारको राहत पुग्न सकेको छ्रैन । बन्दाबन्दी समयमा दैनिक ज्यालामजदूरी गर्ने वर्गका लागि स्थानीय तहमार्फत राहत वितरण भइरहे पनि मुक्तहलिया बस्तीमा नपुगेको स्थानीयवासीले गुनासो गरेका छन् । बाह्र वर्षदेखि जङ्गल छेउ बस्दै आएका मुक्तहलियाले वडा कार्यालयबाट आफूहरुले अहिलेसम्म प्रतिपरिवार एकएक मास्क र दुई साबुन मात्रै पाएको बताएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने यहाँका मुक्तहलिया लकडाउनपछि आफूहरु घरमै बस्न बाध्य भएको र साँझबिहान खानका लागि समस्या भएको बताउँछन् । भारतको दिल्लीबाट फर्किएको एक परिवारले भने १४ दिन क्वारेन्टाइनमा बसेपछि स्वास्थ्य परीक्षण गरी ३० केजी चामल पाएको राससलाई जानकारी दिएको छ । ठूलो परिवार रहेकाले पाइएको चामलसमेत सकिन लागेको सो परिवारको गुनासो छ । मुक्तहलिया अगुवा भरत सार्कीले दैनिक ज्यालामजदूरी गरी खाने वर्ग मुक्तहलियालाई अहिले खाद्यान्न समस्या भएको बताउनुभयो । उहाँले वडा कार्यालय र पालिकालाई राहतका लागि अनुरोध गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो । गन्यापधुरा– १ का वडाध्यक्ष चेतराम भट्टले वडाभित्र रहेका मुक्तहलिया परिवारका लागि गाउँपालिकासँग समन्वय गरी राहत वितरण गरिने आश्वासन दिनुभयो । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!