शुक्रबार, बैशाख ०५, २०७७ || 1375  पटक पढिएको

बिहीबारको हावाहुरीले घरको छाना उडाएपछि बनेपा नगरपालिका–९ मगरगाउँका रमेश रानामगर र बैजु रानामगरको परिवार नजिकैको जस्ताको टहरामा बस्न बाध्य भएको छ । हावाहुरीले ढुङ्गामाटोले बनेको घरको छाना उडाएसँगै परेको असिनापानीले घरको अन्नपात र लत्ताकपडासमेत भिजेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका सभापति रघुवर चौ प्रधानले बताउनुभयो । “हावाहुरीले घरको छाना उडाएर असिनापानीले सबै भिजेर समस्यामा परेका मगर परिवारलाई हामीले तत्काल त्रिपालको व्यवस्था गरेर नजिकैको टहरामा बस्ने व्यवस्थाका लागि सहयोग ग¥यौँ ।” चौ प्रधानले भन्नुभयो, “दिउँसो पनि पानी परेपछि सानो टहरामा बस्न र खानका लागि समस्या भएका कारण तत्कालका लागि केही राहतको व्यवस्था गरेका छौँ ।” स्थानीय बासिन्दा महेश्वर थापामगरका अनुसार हावाहुरीले मगर गाउँमा रहेका करिब १५÷१६ टहरासमेत उडाएकामा रमेश र बैजुको घरमा धेरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार हावाहुरीले घरको छाना उडाउँदा करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!