विराटनगर।विराटनगरस्थित मोर्डन एरा स्कुलले ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम सुरु गरेको छ ।विद्यार्थीलाई साहित्य र सिर्जनासित जोड्ने उद्देश्यका साथ ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम प्रारम्भ गरिएको प्रिन्सिपल इन्द्र राईले जानकारी दिए । कार्यक्रमअन्तर्गत पहिलो शृंखलामा कवि एवं पत्रकार मीनकुमार नवोदित भए । उनले ‘आमा र जून’, ‘बा हुनुको अर्थ’, ‘देशको नाममा’, ‘रिटायर्ड जिन्दगी’, ‘बाको कफिन छेउ अबोध बालकको बिलौना’, ‘गाउँ सम्झेर गाउँ’लगायत शीर्षकका कविता वाचन गरे ।

नवोदितले आफ्नो लेखन अनुभवसहित कविताको रचनागर्भसमेत विद्यार्थीलाई सुनाउँदै कविता वाचन गरेका थिए । मोर्डन एरा स्कुलले नवोदितलाई साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानसमेत गरेको थियो । नवोदितले युवा विद्यार्थीलाई सकारात्मक दिशामा अगाडि बढ्न र सिर्जनशील हुन उत्प्रेरित गरेकाले सम्मान गरिएको प्रिन्सिपल राईले बताए । कवि एवं पत्रकार नवोदितका ‘झरीले रुझेको गाउँ’ ‘समयको बयान’ लगायतका कृति प्रकाशित छन् । उनले युवा वर्ष मोती पुरस्कार, कोशी प्रदेश सरकारबाट उत्कृष्ट युवा स्रष्टा पुस्कारलगायत ६ दर्जनभन्दा बढी संस्थाबाट पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

सोही अवसरमा कविता छनोट चरणसमेत सम्पन्न भयो । जसमा मोडर्न एरा विद्यालयका विद्यार्थीहरूले आफ्ना कविताहरू वाचन गरेका थिए । कविता छनोट कार्यक्रममा जुनियर गरी ७५ जना विद्यार्थीहरूले सहभागी जनाएका थिए ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था, मोरङका उपाध्यक्ष नन्दलाल मण्डलले गरे । उनले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक इन्द्र राईले विद्यार्थीहरूमा साहित्यप्रति रुचि अभिवृद्धि गर्न तथा स्रष्टासँग प्रत्यक्ष संवादको अवसर दिन यस प्रकारको कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक अर्जुन तिम्सिनाले बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका निर्देशक रामप्रसाद घिमिरेले विद्यार्थीहरूलाई संस्कारसहितको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!