शुक्रबार, बैशाख ०५, २०७७ || 638  पटक पढिएको

प्रदेश नं २ मा ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) माध्यमबाट ६५९ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । सोमध्ये ६५७ जनाको नेगेटिभ र दुई जनाको पोजेटिभ आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती दुई जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । यस प्रदेशको सप्तरीमा १६१, सिरहामा ५०, बारामा ४९, पर्सामा ४८, महोत्तरीमा ३३, सर्लाहीमा ५७, रौतहटमा सबैभन्दा बढी २०८ र धनुषामा १८ जनाको बिहीबार मध्याह्न १ बजेसम्ममा आरडिटी परीक्षण सम्पन्न भइसकेको सचिव घिमिरेले जानकारी दिनुसभयो । त्यस्तै यस प्रदेशमा ५३५ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा ४५४ जना रिपोर्ट नेगेटिभ आएको छ भने ७७ जनाको रिपोर्ट आउन बाँकी छ । चार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती चार जनाको सम्बन्धमा यसअघि नै सार्वजनिक भइसकेको छ । यसका साथै यस प्रदेशमा एक हजार १३७ क्वारेन्टाइनमा, एक हजार ५२५ होम क्वारेन्टाइनमा र १२ जना आइसोलेसनमा छन् । प्रदेश सरकारले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई विशेष कोरोना अस्पतालका रुपमा परिणत गरिएको छ । उक्त अस्पतालमा कोरोनाको सङ्क्रमितको मात्र उपचार हुनेछ भने नेशनल मेडिकल अस्पताल वीरगञ्जमा अन्य रोगबाट पीडितहरुको सरकारी अस्पतालको मापदण्डकै आधारमा उपचार व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!