शुक्रबार, बैशाख ०५, २०७७ || 642  पटक पढिएको

देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् ।

यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह ग¥यो तर व्यापारीले भने महानगरको निर्णयलाई निरन्तरता दिएनन् ।

महानगरले तरकारी बिक्रीका अस्थायी बिक्री केन्द्र कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण चोक, लैनचौर, तीनकुने, कोटेश्वर र रत्नपार्कमा व्यवस्था गरेको छ । तीमध्ये कलङ्की, स्वयम्भू र वनस्थली चोकबाट गएको बिहीबारदेखि निरन्तर तरकारी बिक्री भए पनि अन्य स्थानबाट तरकारी बिक्री हुनसकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!