बिहिबार, बैशाख ०४, २०७७ || 1171  पटक पढिएको

पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ । कोरोनाको शंका लागेपछि उनलाई ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३ बजे उनको निधन भएको ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।

उनको मृत्युको कारण अस्पतालले औपचारिकरुपमा खुलाउन बाँकी छ ।क्वीन्स गोरखा इन्जिनियर्सका ७८ वर्षीय गुरुङको आर्मी २११५११९८ रहेको छ । उनले कर्पोरल पदबाट अवकास पाएका थिए ।

उनी ननिटनमा छोरी ज्वाइँका साथमा बसोबास गर्दै आएका थिए । उनकी श्रीमती भने बिदामा नेपाल गएकी छिन् । कोरोनाका कारण नेपालले लक डाउन गरेपछि उनी युके आउन पाएकी छैनन् ।

परिवारमा सबैलाई कोरोनाको लक्षणपछि छोरीज्वाइँसहित गुरुङ अस्पताल भर्ना भएका थिए । छोरी र ज्वाइँ उपचारपछि घर फर्केका छन् ।
उनको पुर्ख्यौली घर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ रहेको छ । उनी सन् २०१२ देखि युकेमा बसोबासरत थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!