बुधबार, बैशाख ०३, २०७७ || 639  पटक पढिएको

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरिएको भट्टराईले बताउनुभयो । भुल्केका मनिर मियाँ केही महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर आएसँगै ती व्यक्ति पनि आएको स्थानीयवासी बताउँछन् । उदयपुरको त्रियुगा नगरपालिकाको गाइघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरीसहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!