बुधबार, बैशाख ०३, २०७७ || 1080  पटक पढिएको

प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गर्नुभएको छ । प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गरी प्रदेश सरकारले सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहस्थित अस्पताललाई ५० श्ययाको जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । मन्त्री साहले सप्तरीका एउटा जिल्ला अस्पताल नभएकाले प्रदेश सरकारले भारदह अस्पताललाई जिल्ला अस्पतालका रूपमा विकास गर्न लागेको उल्लेख गर्दै यसबाट सप्तरीका ग्रामीण भेगका जनताले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । निरीक्षणमा हनुमाननगर कङ्कालनी नगरपालिका प्रमुख शैलेशकुमार साह, प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक डा हरिश्चन्द्र साहको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!