बुधबार, बैशाख ०३, २०७७ || 1086  पटक पढिएको

न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको न्युयोर्क सिटीले जनाएको छ ।

यो संख्या सम्भावित कोरोना भाइरसको संक्रमणका कारण मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको संख्या हो । यस्तो निष्कर्ष बिरामीमा देखिएको लक्षणका आधारमा निकालिएको न्युयोर्कका मेयर बिल ब्लाजिओले जानकारी दिएका छन् ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् । कुल मृतकको संख्या ३७७८ रहेको छ । ५७ जना बाहेक अरु सबै मृतकहरु ४५ बर्ष काटेकाहरु हुन् ।

सम्भावित कोरोना संक्रमण भनिएकाहरुको ल्याब परीक्षण नभएतापनि उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोभिड १९ वा त्यस्तै लक्षण उल्लेख गरिएको छ । अब न्युयोर्क सिटीमा कोरोना सम्बन्धित मृत्यु १० हजार नाघेको छ ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ । मंगलबार दिउसो सार्वजनिक गरिएको यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो ।

मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ । उनीहरुको कोरोना पोजेटिभ पनि देखिएको थिएन भने मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोरोनासँग मिल्दोजुल्दो कारण समेत उल्लेख छैन ।-खसोखासबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!