मंगलबार, बैशाख ०२, २०७७ || 454  पटक पढिएको

चट्याङले पेल्टिसेटमा क्षति पु¥याएपछि पात्लेको एउटा बस्ती अन्धकारमय भएको छ । बिहीबार दिउँसो असिनापानीसँगै परेको चट्याङले पेल्टिसेटमा क्षति गरेपछि जिल्लाको मोलुङ गाउँपालिका–७ पात्लेमा विद्युत् सेवा अवरुद्ध भएको हो । गाउँका ११० घरधुरीले प्रयोग गर्दै आएको स्थानीय छाङगे खोला पेल्टिसेट चट्याङले बिग्रिएपछि अन्धकारमा बस्न बाध्य हुनुपरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । लकडाउनका कारण मेसिन बनाउन लैजाने अवस्था नभएकाले अवरुद्ध विद्युत् सेवा सञ्चालन गराउन समस्या भएको उहाँको भनाइ छ । सोही दिनको चट्याङले स्थानीयको सोलार ब्याट्रीमा समेत क्षति पुगेको छ । स्थानीय वीरबहादुर मगर, गङ्गाबहादुर मगर र ङावाशेरे शेर्पाको घरमा रहेको सोलारको ब्याट्री जलेपछि वैकल्पिकरूपमा प्रयोग गरिँदै आएको सोलारले समेत काम नगरेको स्थानीयवासी वीरबहादुर मगरले बताउनुभयो । विगतमा टुकी बत्तीको प्रयोग गरिने भए पनि अहिले मट्टितेलको जोहोे नभएको र टुकी बत्तीको समेत चलन हराएकाले स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!