कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा स्वास्थ्यसम्बन्धी भइरहेका क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पु¥याउने लक्ष्य राखेको छ । एन्ड्रोइड मोबाइल फोनमा प्लेस्टोरमा गएर ‘गण्डकी स्वास्थ्य’ एप्स डाउनलोड गर्न सकिने निर्देशनालयले जनाएको छ । सोमबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सो एप्सको उद्घाटन गर्नुभएको थियो । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले एप्सको माध्यमबाट सर्वसाधारणसम्म हालसम्म प्रदेशमा भए÷गरेका गतिविधि पुग्ने र कोहीकसैलाई केही स्वास्थ्य समस्या आइपरेमा निर्देशनालयमा सम्पर्क गर्न सकिने बताउनुभयो । निर्देशनालयले गण्डकी प्रदेशका हालसम्म एक हजार ७८२ जनाको कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको जनाएको छ । चैत महिनामा भारतलगायतका मुलुकबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सरकारले प्रदेशका ११ वटै जिल्लामा आरडिटी परीक्षण शुरु गरेको थियो । सोमबार साँझसम्म कास्कीमा ८०, स्याङ्जामा २०९, तनहुँ ७९, लमजुङ १०८, गोर्खा २८ र पर्वतमा २३९ जनाको आरडिटी परीक्षण गरिसकिएको छ । त्यसैगरी म्याग्दीमा ५२, बाग्लुङ ९११, नवलपुर ६९ र मुस्ताङमा सात जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । परीक्षण गरेकाहरु सबैको नतिजा नेगेटिभ आएको बताइन्छ । प्रत्येक जिल्लाका स्थानीय तहसम्म पुगेर विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गर्ने गरिएको निर्देशनालयका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!