मंगलबार, बैशाख ०२, २०७७ || 737  पटक पढिएको

रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमित युवकसँगै ईशनाथका ३ जना दिल्लीबाट फर्किए। अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ।

भारतमा पनि लकडाउनको विस्तार भएसँगै उद्योग बन्द भए पछि चारै जना युवकहरु बिहारी साथीहरुसँगै पैदल निस्केका थिए। चैत १४ मा पैदलै हिँडेका सबैजनाले भारतको बिहारका यात्रुहरुसँगै ट्रकमा आएका थिए। ट्रकले १६ गते बिहान मोतिहारी पुर्‍याएको थियो।

मोतिहारीमा बिहान १० बजे झरेपछि चारैजना करिब ४० किलोमिटर पैदलै हिँडेर राति दश बजे नेपाल भारत सिमानामा अवस्थित आफ्नो गाउँ ईशनाथ नपाको मोतिपुर आइपुगेका थिए। चारैजनाले राति दश बजे नै चोर बाटोबाट नेपाल छिरेर आफ्नो घर पुगेका थिए। यो समाचार आजको नागरिक दैनिकमा मदन ठाकुरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!