सोमबार, बैशाख ०१, २०७७ || 571  पटक पढिएको

बन्दाबन्दी ‘लकडाउन’का कारण रोजगारी गुमाएका विपन्न एवं गरिब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भइसकेको छ । कोभिड–१९ को जोखिम हुन नदिन जारी भएको लकडाउनको आज २१ औँ दिन हो । लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरका परिवार अप्ठ्यारोमा परेका छन् । त्यस्ता वर्गलाई जीविकोपार्जन गर्न राहत वितरण गर्ने नीति अनुरुप स्थानीय तहले राहत वितरण गर्न थालेका हुन । एक महानगरपालिका, तीन नगरपालिका १३ गाउँपालिका रहेको यहाँ हालसम्म वितरीत राहत सामग्रीमा दाल एक लाख १५ हजार ९०२ केजी, आलु ६१ हजार ९०३ केजी, नून ८५ हजार २५ केजी, खाने तेल ४४ हजार ८९८ लिटर, साबुन ७५ हजार ९४१ वटा, चिउरा दुई हजार २५४ केजी, भुजा २१८ केजी, दुई तीन हजार ३७ लिटर, चना १२५ केजी, प्याज १३० केजी, चाउचाउ सात हजार १४० थान र खाना प्यकिङ ५५० रहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । यहाँ सबैभन्दा बढी विराटनगर महानगरपालिकाले २६ हजार २६८ घरधुरी र सबैभन्दा कम सुनवर्षी गाउँपालिकाले दुई हजार ४९२ घरधुरीमा राहत वितरण भएको नायब उपरीक्षक उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!