सोमबार, बैशाख ०१, २०७७ || 696  पटक पढिएको

‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई पुगेका समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या परेको छ । भ्रमण प्रवेशाज्ञामा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० र रोजगारीका सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ । हृदयाघातका कारण ज्यान गुमाएका तामाङको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताउनुभयो । यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तरराष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ । जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेसियामै रहनुभएका उनका भतिजा तिलाबहादुरले जानकारी दिनुभएको छ । कमाएर खुवाउने घरमूलीको रोजगारीका सिलसिलामा विदेशै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । मृतकका परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गरिने आश्वासन उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!