खबर ठुलो छ

देश कोरोना संक्रमणको त्रास र लकडाउनको प्रभावले थिलिरेहको बेला यहाँका दुई जना युवती जबरजस्ती करणीको शिकार बनेकी छन् । हरिनाश गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवती जबरजस्ती करणीमा परेकी हुन् ।

हरिनाशकी १९ वर्षीया युवतीलाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । ग१८प १५५७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पीडित युवतीलाई घरसम्म पु-याइदिने बहनामा एकान्तमा लगेर जवरजस्ती करणी गरेको खुलेको छ ।

तर, सन्देश थापाले जवरजस्ती करणी गरे लगत्तै सागर थापाले करणी गर्न खोज्दा गाउँलेले देखेपछि उनीहरु मोटरसाइकलमा भागेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सन्देशले मात्रै जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले जानकारी दिए । तर घट्नामा दुवै जनाको संलग्न देखिएकाले अनुसन्धान भइरहेको डिएसपी भण्डरीले बताए । घट्ना अवेगमा घटाएको हुन सक्ने उनले आशंका गरे ।

घटना लगत्तै फरार रहेका उनीहरुविरुद्ध पीडितको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटनी जाहेरी परेको थियो । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ लगत्तै जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद परियार पनि जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय वालिङको प्रहरी हिरासतमा छन् । गत चैत २२ गते चापाकोटकी एक युवातीलाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । गाउँमा हिडिरहेको अवस्थामा ललाइफकाई गरी जबरजस्ती करणी गरेको आरोपमा उनी चैत २४ गते पक्राउ परेको थियो । उनको पनि जिल्ला अदालतबाट अनुसन्धानमा लागि म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

कोरोना संक्रमण र लकडाउनले सबै ध्यान खिचिरहेको अवस्थमा आत्महत्या, हत्या,हिंसा, चोरी, डकैती, पकेटमार, बलात्कार लगायतका अपराधिक क्रियाकलाप बढ्ने संकेत देखिएको छ ।

सोमबार, बैशाख ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया