सोमबार, बैशाख ०१, २०७७ || 520  पटक पढिएको

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सङ्कटको समयमा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । नववर्ष २०७७ तथा विशु पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले लकडाउनपछि जीविकोपार्जन तथा आपूर्तिको समस्याको चिन्ता थपिनु स्वभाविक भए पनि सबैको सहयोगबाट आपूर्ति व्यवस्थालाई सहज राख्न र कालोबजारीको नियन्त्रण गर्न सकिएको बताउनुभएको हो । तत्कालका लागि आपूर्ति व्यवस्थालाई सहज बनाउने र दीर्घकालमा उत्पादनको क्षेत्रमा महामारीको प्रभावलाई पूर्ण अन्त्य गर्ने गरी सरकार अघि बढेको बताउँदै मन्त्री भट्टले जनताबाट प्राप्त सहयोगले नयाँ वर्षलाई उल्लेख्य प्रगतिको वर्षका रुपमा हेर्न सकिने आशा व्यक्त गर्नुभयो । “सामूहिक प्रयासले हामी यो चुनौतीको सामना गर्नसक्ने छौं भन्ने मैले विश्वास लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ, “चुनौतीका पहाडलाई हाम्रो सामूहिक प्रतिबद्धता र पहलले पार गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!