आइतबार, चैत्र ३०, २०७६ || 638  पटक पढिएको

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखिसकेको सर्व बिदितै छ । कोरोना भाईरसको संक्रमण भएको पत्तो लागे संगै नेपाल सरकारले चैत्र ११ गते देखी चरण बद्ध रुपमा लकडाउनको घोषणा गरेको छ । कोरोना भाईरसको संक्रमणबाट जोगिन सबै जनालाई आ-आफ्नो घर भित्रै बसेर लकडाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गरिएको छ । हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन र स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालय आम नागरीकहरुमा हार्दिक अनुरोध गर्दछ नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा लकडाउनको उल्लघंन गरी सवारी साधन चलाउने ३५६५ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी १८३० वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । साथै लकडाउनलाई थप कडाई गरिएको हुँदा अत्यावश्यक काम बाहेक र सवारी पास नलिएका महानुभावहरुलाई घर भित्रै बसी कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गरिदिनु हुन आम नागरीकहरुमा हार्दिक अनुरोध गरिएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई उलंघन गरी आफुखुशी आवत जावत गरेको पाईएमा कानून बमोजिम कारवाही समेत हुने सबैमा जानकारी गरिन्छ ।  कोरोना भाईरसको संक्रमण रोक्न कुनै एक व्यक्ति वा परिवारको प्रयासबाट मात्र सम्भव हुदैन । सम्पुर्ण नागरिक एकजुट भएर आ-आफ्नो जिम्मेवारी निर्वाह गरौं । साथै त्रासमा नबसौ, सावधानी अपनाऔँ । हाम्रो आफ्नै सानो लापरवाहीले आफु लगायत घर परिवारका सदस्य साथ साथै छरछिमेक हुदै सम्पुर्ण मानव जातिनै जोखिममा पर्ने भएको हुँदा यस महामारीलाई फैलनबाट रोक्न घरमै सुरक्षित बसि दिन हुन सम्पुर्ण महानुभवहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिनम्र अनुरोध गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!