बागलुङकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । र्‍यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्‍यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनले बताए ।

र्‍यापिड टेस्टमा देखिएको हो,’ उनले भने, ‘यसको पुनःपरीक्षण हुन्छ । पुनःपरीक्षणको लागि पोखरामा पठाउने कुरा भएको छ ।’ आइतबारको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब सोमबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पुर्‍याइने उनले बताए ।

हिजोदेखि सुरु भएको र्‍यापिड टेस्टमा जम्माजम्मी ५ सय ८५ जनाको टेस्ट गरिएको उनले सुनाए । संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने प्रयास पनि सुरु भईसकेको छ ।
संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन् ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ ।
हालसम्म बागलुङमा पछिल्लो देखिएको पोजेटिभ केसबाहेककै नेपालमा १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!