आइतबार, चैत्र ३०, २०७६ || 1274  पटक पढिएको

भारतको उत्तर प्रदेशस्थित भदोही जिल्लामा आफ्ना ५ बच्चासहित गंगामा हाम्फालेकी महिला पौडेर उत्रिएकी छिन् । तर बच्चाहरु भने डुबेर बेपत्ता छन् ।आफ्ना तीन छोरी र दुई छोरासहित आत्महत्या गर्ने मनसायले यी महिला गंगामा हाम्फालेकी थिइन् । तर, पौडेर फर्कन सफल भइन् ।

गोपीगन्ज थानाक्षेत्रको जहान्गीरावाद गाउँ निवासी मृदुल यादव उर्फ मुन्नकी पत्नी ३६ वर्षीया मञ्जु यादव शनिबार अबेर राति आफ्ना पाँच बच्चा ६ वर्षका शिव शंकर, ३ वर्षका केशव प्रसाद, ११ वर्षकी आरती, ७ वर्षकी सरस्वती र ५ वर्षकी मातेश्वरीलाई लिएर जहान्गीरावाद घाट आइपुगेकी थिइन् ।

त्यसपछि सबै बच्चासहित उनले गंगामा छलाङ मारिन् ।

घाट किनारमा आइबार बिहान स्थानीयले देखेपछि यी महिलाले आफू ५ बच्चासहित गंगामा डुबेको बताएकी थिइन् ।

नदीमा डुबेका बच्चाको खोजीमा गोताखोर र प्रहरी सक्रिय छन् । तर, समाचार तयार गर्दासम्म केही पत्ता लागेको छैन । बच्चाका बाबु मृदुल यादवका अनुसार उनकी श्रीमती बच्चाहरुसहित आफन्तसँग झारखन्ड गरेकी थिइन् । उनले आफ्नी पत्नी मानसिक रुपमा स्वस्थ नै रहेको र कसरी यस्तो कदम उठाइन् भन्ने बुझ्न नसकेको बताए ।

यता, यी महिलाले पतिसँग झगडा परेपछि आत्महत्याको मनस्थितीमा पुगेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!